Connect with us
Advertisement

स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले स्थानीय मिडियाको प्रवर्द्धनमा सहयोग गर्न चालु आर्थिक वर्षदेखि बजेट विनियोजन गरेको छ । प्रत्येक वडाका गतिविधि र सूचनाहरु प्रकाशन, प्रशारण गरेबापत नगरभित्रका सञ्चार गृहलाई आर्थिक सहयोग गर्ने गरी नगरपालिकाले सो रकम विनियोजन गरेको नगरप्रमुख शिवप्रसाद ढकाल बताउँछन् ।

त्यस्तै, नगरपालिकाले लोक कल्याणकारी सूचना स्थानीय मिडियालाई मात्रै दिने गरी नीति बनाउन खोजिरहेको पनि नगरप्रमुख ढकालको भनाइ छ । नगरभित्रका सञ्चारकर्मीलाई समाचार सम्प्रेषणको लागि मिडिया सेन्टर खोल्न भनी ५ लाख रुपैयाँ विनियोजन गरेको नगरले चालु आर्थिक वर्षभित्रै सो काम सम्पन्न गर्ने जनाएको छ । सो सेन्टरको लागि कार्यालय व्यवस्थापन गर्नुका साथै कम्प्युटर, फर्निचर, इन्टरनेटको व्यवस्था सो बजेटमार्फत् गर्ने गरी काम भइरहेको ढकालले बताए ।

नगरका मिडियाकर्मीको प्रयासपछि सुन्दरहरैंचा नगरपालिकाले मिडिया प्रवद्र्धन शीर्षकमा बजेट विनियोजन गर्नु खुशीको विषय भएको रेडियो सुसेलीका स्टेशन म्यानेजर बाबुराम निरौला बताउँछन् । जनप्रतिनिधि आएको साढे ३ वर्षपछि सञ्चारको क्षेत्रमा नगरले एउटा उदाहरणीय कार्य गरेको उनको भनाइ छ ।

यसले स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नुका साथै वडा तहका सूचना र समाचार सर्वसाधारणमा पुग्न सहयोग पुग्ने निरौलाले बताए । यसले जनप्रतिनिधि र वडाबासीबीच पुलको काम गर्न सहयोग पुग्ने र स्थानीय सञ्चार गृहलाई नगरवासीले चिन्ने अवसर पनि प्राप्त हुने उनको भनाइ छ । अझ नगरभित्रका मिडिया हाउसबीच समन्वय गरी काम गर्न सके यसको प्रभावकारिता बढ्ने र समाचार संकलन तथा उत्पादनमा पनि सहज हुने उनको ठम्याइ छ ।

सम्बन्धित समाचारहरुः

नगरलाई चिनाउन पूर्वाधार विकास र खेलाडी प्रोत्साहनमा केन्द्रित सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ८)

मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)

सुन्दरहरैंचाले ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने (नगर स्थापना दिवस विशेष ६)

स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)

‘रिभल्भिङ फण्ड’ मार्फत् विद्यार्थीलाई प्राविधिक शिक्षामा जोड दिने सुन्दरहरैंचाको योजना (नगर स्थापना दिवस विशेष ४)

सुन्दरहरैंचामा ४ वर्षमा डेढ सय किलोमिटर सडक कालोपत्रे, यस्ता छन् अन्य पूर्वाधारका योजना (नगर स्थापना दिवस विशेष ३)

नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)

फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

२ जेठ, २०८१ – बुधवार – आजको राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

Continue Reading

Banner

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६

Published

on

न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६…🤔😳
मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला-२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो । यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । नेपालप्रेसबाट…
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक